ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ
- १५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- राजधानीमा ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्ति सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन्। उनलाई काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
तामाङले सडक सुरक्षामा खटिएका प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।