प्रधानमन्त्री कार्कीले टीका नलगाउने
- १५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दशैंमा टीका नलगाउने बताएकी छन् ।
दशैं हर्षोल्लासका साथ मनाइने पर्व भए पनि जेनजी आन्दोलनमा युवाले ज्यान गुमाएको र धेरै घाइते भएको पीडा अझै ताजा भएकाले टीका लगाउने कार्यक्रम नरहेको कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले पनि पीडाको यस अवस्थामा उहाँले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउन आग्रह गरेका छन् ।