२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

दसैँमा छ लाख ११ हजार बढीले छाडे काठमाडौँ

काठमाडौँ- घटस्थापनादेखि नवौँ दिनसम्म ६ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामै ५८ हजार ३९६ जना बाहिरिएका छन् । त्यस्तै १३ हजार ३२६ यात्रुवाहक सवारी उपत्यकाबाट बाहिरिएका छन् ।

प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राजधानी छाड्नेको सङ्ख्या बढेको र नाकामा सवारी साधन सामान्य रूपमा चलिरहेको बताएका छन् ।

आजसम्म उपत्यकाबाट बाहिरिएका सवारी १ लाख १३ हजार ४१५ पुगेका छन् भने भित्रिएका सवारी ७७ हजार ५४५ र यात्रु ३ लाख १९ हजार १५ रहेका छन् ।

मुख्य गन्तव्य पूर्व, पश्चिम र सुदूरपश्चिमका जिल्ला रहेका छन् भने कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क र जगतीमा यात्रुको भीड बढेको छ ।