प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट
- १६ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेट गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले वनस्थलीमा सहिद सौरन किशोर श्रेष्ठ, नागार्जुन–३ मा सहिद कान्छी नगरकोटी र कीर्तिपुरको मैत्रीनगरमा सहिद बुद्धिबहादुर तामाङका परिवारसँग भेट गरिन् ।
सञ्चारमन्त्री जगदीश खरेल पनि भेटमा सहभागी भए । उनले सञ्चारकर्मीलाई भने, “प्रधानमन्त्रीले पनि दशैंमा टीका लगाउनु भएन, मैले पनि लगाइनँ । सहिद परिवारसँग भेट हुँदा उनीहरूको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने रहेको देखियो ।”