एनआरएनए एकता : शर्मा नेतृत्वको समितिले सुरु गर्यो वार्ता
- १६ अशोज २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।
गत मे ३–४ मा काठमाडौँमा भएको एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले सहभागी नभएको पक्षलाई समेत समेट्न वार्ता थालेको हो ।
आरके शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको छ, जसमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली सदस्य छन् ।
समितिले पूर्व अध्यक्ष, एनसीसी अध्यक्ष र सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी अध्यक्ष महेश श्रेष्ठ र महासचिव बीआर लामाले संस्थागत एकताका लागि वार्तालाई पूर्ण समर्थन दिएका छन् ।
यसैबीच बद्री केसी पक्षले आफ्नो कार्यकाल अक्टोबर १४, २०२५ सम्म हुने दाबी गर्दै आएको छ । त्यसपछि उक्त कार्यसमिति स्वतः भङ्ग हुने बताइएको छ ।