भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध
- १७ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं- नवलपरासी कारागारले भागेका कैदीबन्दीलाई आश्रय नदिन सबैलाई अनुरोध गरेको छ ।
जेनजी आन्दोलनपछि भदौ २५ गते कारागारबाट ५४६ कैदी भागेका थिए । तीमध्ये अहिले सम्म २५१ जना (पुरुष २१९, महिला ३२) फिर्ता भइसकेका छन ।
जेलर विकल श्रेष्ठका अनुसार, भागेकालाई कसैले घरमा लुकाए थाहा भए आश्रय दिनेलाई समेत कानूनी कारबाही हुनेछ । उनले असोज २० भित्र हाजिर हुन आग्रह गर्दै, त्यसपछि कारागार ऐन २०७९ अनुसार कडा कारबाही हुने चेतावनी दिएका छन ।