भारी वर्षासँगै सवारीसाधन काठमाडौँ फर्किन थाले
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- देशभर परेको लगातार भारी वर्षासँगै आज बिहानदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम काठमाडौँ फर्किन थालेका छन् ।
उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार बिपी, अरनिको र पृथ्वीलगायत मुख्य राजमार्गमा पहिरो जाँदा सवारीहरू फिर्ता भइरहेका छन् । “चारै नाका बन्द छन्, सवारीसाधन सुरक्षित रूपमा होल्ड गरिएको छ,” उनले भने ।
सडक विभागले बिपी राजमार्गमा बिहान १० बजेपछि सवारी प्रवेश रोकिएको जनाएको छ ।
जल तथा मौसम विभागले असोज २० गतेसम्म भारी वर्षा जारी रहने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।