२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

बाढीपहिरोबारे सचेत रहन आयोगको आग्रह

बाढीपहिरोबारे सचेत रहन आयोगको आग्रह

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुन सक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै विपद्पूर्व तयारी, जनसचेतना र जोखिममा परेकाको उद्धार राज्यको जिम्मेवारी भएको बताएको छ । साथै, विपद्पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ ।

आयोगले राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता र विभिन्न सङ्घसंस्थालाई पनि उद्धार तथा राहतमा सघाउन आह्वान गरेको छ ।