२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नागढुङ्गाबाट २५० सवारीसाधन फर्काइए

नागढुङ्गाबाट २५० सवारीसाधन फर्काइए

काठमाडौँ- लगातारको वर्षा र सडकको खराब अवस्थाका कारण ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका करिब २५० सवारीसाधनलाई काठमाडौँमै फर्काएको छ ।

धादिङतर्फको मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि तत्काल यातायात सुचारु गर्न नसकिने भएकाले सवारीसाधनलाई रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार, बिहानैदेखि नागढुङ्गा–मुग्लिन सडकमा पहिरो खसेको सूचना आएपछि ट्राफिक प्रहरीले ‘माइकिङ’ गर्दै यात्रुहरूलाई अनावश्यक जोखिम नलिन आग्रह गरिरहेको छ ।