२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

लामो दूरीका सवारी तीन दिन रोकिँदै

लामो दूरीका सवारी तीन दिन रोकिँदै

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण देशभरका लामो दूरीका सवारीसाधन तीन दिन सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै पहिरो, डुबान र बाढीको जोखिम बढेकाले काठमाडौं उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधन पनि असोज २१ गतेसम्म रोक्न अनुरोध गरेको छ ।

साथै, यसको अनुगमनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।