अविरल वर्षाले आन्तरिक उडान स्थगित
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- लगातार वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै आन्तरिक उडानहरू स्थगित गरिएका छन् ।
विमानस्थलका महाप्रबन्धक हङ्सराज पाण्डेका अनुसार काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार गन्तव्यका उडानहरू मौसम सुधार नभएसम्म रोकिएका छन् ।
“अन्तरराष्ट्रिय उडान भने भइरहेको छ, तर आन्तरिकतर्फ मौसम जोखिमपूर्ण भएकाले उडान स्थगित गरिएको हो,” उनले बताए।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिइएको छ ।