२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

संयुक्त राष्ट्रसङ्घद्वारा कतारको मध्यस्थता प्रति कृतज्ञता

संयुक्त राष्ट्रसङ्घद्वारा कतारको मध्यस्थता प्रति कृतज्ञता

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्ध अन्त्यका लागि कतारले गरेको अमूल्य मध्यस्थता प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्तिमा गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको आधारमा बन्धक रिहाइ र वार्ता सुरू गर्न हमासले देखाएको तत्परताले आफू उत्साहित भएको बताएका छन् ।

उनले सबै पक्षलाई यो अवसरको पूर्ण उपयोग गर्न आग्रह गर्दै तत्काल र स्थायी युद्धविराम, सबै बन्धकहरूको बिना शर्त रिहाइ तथा मानवीय पहुँच सुनिश्चित गर्न पुनः आह्वान गरेका छन् ।