२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

तमोर करिडोरमा बोलेरो दुर्घटना, पाँचको मृत्यु

तमोर करिडोरमा बोलेरो दुर्घटना, पाँचको मृत्यु

काठमाडौं- पाँचथरको कुम्मायक गाउँपालिका २ र ३ सिमानामा पर्ने कात्तिके डाँडामा शनिबार विहान बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीले जनाए अनुसार घाइतेहरुलाई धरानतर्फ उपचारका लागि पठाइएको छ । घटना स्थलमा प्रहरी ढिला पुगे पनि स्थानीयले उद्धार कार्यमा सहयोग गरेका थिए ।

स्थानीय र घटनास्थलमा उपस्थितले छिटो हेलिकप्टर वा एम्बुलेन्स पठाउन आग्रह गरेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरले दुर्घटना लगत्तै टोली परिचालन गरेको जनाएको छ ।