करखुसी खोला छेउमा पहिरो, सडक भासियो
- १८ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ को कोहिनुर हाउजिङ नजिक करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ ।
गए रातिदेखि निरन्तर वर्षाका कारण बिहान ९ बजे पहिरो गएपछि छेउका घरहरू जोखिममा परेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले जोखिमयुक्त स्थानको अवलोकन गर्न प्रतिनिधि खटाएको र महानगर प्रहरी बल तथा विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरी कटान रोक्ने प्रयास भइरहेको जानकारी दिएको छ ।
बस्ती डुबानको अवस्था उत्पन्न भएमा नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्न तयारी गरिएको छ । जोखिमयुक्त बस्तीका जनतालाई सतर्क रहन पनि आग्रह गरिएको छ ।
सम्पर्कको लागि हेल्पलाइन नम्बर: १६६००१०५५११