२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

बर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी

बर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी

काठमाडौं – देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ ।

शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो ।
यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक जानकारी–
अपडेट (२०८२–०६–१८, दिउँसो १:५० बजे)

१. आज शनिबार दिउँसो १.५० बजेसम्म देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहेको ।

२. पछिल्लो ६ घण्टामा मधेस र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र कोसी प्रदेशको धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको ।

३. काठमाडौँ जिल्लास्थित बागमती जलाधारको जलमपान केन्द्रहरू र कमला जलाधार क्षेत्रको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने सम्भावना रहेको ।

४. आज दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई वहने नदीहरूमा बहाब उल्लेख्य बढ्न सुरु हुने ।

५. आज राति नवलपरासी–पश्चिम, नवलपरासी–पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई वहने ससाना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको ।

६. भोलि आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने ।

७. आइतबार रातिदेखि कोसी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने ।

८. बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी ।

९. कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन हुन आवश्यक ।

१०. हाम्रो सामाजिक सञ्जाल Nepal Flood Alert नेपाल बाढी सूचना फेसबुक र एक्स (ट्विटर) मा हेर्दै गर्नुहोला ।