सप्तकोसीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक
- १९ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – लगातार वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ।
आज बिहान ११ बजे मापन गर्दा कोसी ब्यारेजमा ५ लाख १० हजार ९६० क्युसेक पानी बगेको थियो, तर पछिल्लो मापनअनुसार ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए।
पानी बढेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएका छन्। खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ। त्यस क्षेत्रमा सवारीसाधन सञ्चालन पनि रोकिएको छ।