इलाम पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३७, सबैको सनाखत
- १९ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं- लगातार वर्षासँगै गएको पहिरोले इलाममा ठूलो क्षति पुर्याएको छ। ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
पछिल्ला तीन बेपत्ताको शव फेला परेपछि यो संख्या पुगेको प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए।
मृतकहरूमा माईजोगमाई, फाकफोकथुम, देउमाई, माई, सन्दकपुर र माङसेबुङ गाउँपालिकाका स्थानीयसहित इलाम नगरका बासिन्दा छन्। साथै झापा, पाँचथर र दोलखाका नागरिकहरू पनि विभिन्न कामले इलाम पुगेका बेला पहिरोमा परेर ज्यान गुमाएका छन्।
इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू अझै बेपत्ता छन् र खोजीकार्य जारी छ।
क्षतिको विस्तृत विवरण संकलन भइरहेको कोइरालाले बताए। उनले भने, “सडक अवरुद्ध, बत्ती र इन्टरनेटमा समस्या छ, तर हामी लगातार काम गरिरहेका छौँ।”