२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ परेका छन्।

दाङको तुलसीपुर–१६ का उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट समातेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार शर्मा भदौ २३ र २४ गतेको जेल आन्दोलनका बेला नख्खु कारागारबाट फरार भएका थिए। उनलाई पक्राउ गरी पुनः कारागार पठाइएको छ।