वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग
- १९ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रणाली बाहिरिएसँगै मनसुन कमजोर बनेको र मौसममा सुधार आएको छ ।
विभागले आज अपराह्न विज्ञप्ति जारी गर्दै भनेको छ, “मनसुन कमजोर भए पनि अझै अन्त्य भएको छैन, त्यसैले मनसुनजन्य प्रकोपबाट जोगिन सचेत रहनु जरुरी छ ।”
बङ्गालको खाडीबाट विकसित भएको यो प्रणाली असोज १७ गतेदेखि सक्रिय रहँदै आज बिहानसम्म प्रभावकारी बनेको र यसले देशका धेरै भागमा निरन्तर वर्षा गराएको विभागले जनाएको छ ।