२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

पोर्टल्यान्डमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको ‘गैरकानूनी प्रयास’ अदालतले रोक्याे

पोर्टल्यान्डमा नेसनल गार्ड तैनाथ गर्ने ट्रम्पको ‘गैरकानूनी प्रयास’ अदालतले रोक्याे

क्यालिफोर्निया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्टल्यान्डमा ३०० नेसनल गार्ड पठाउने आदेशलाई सङ्घीय अदालतले रोकिदिएको छ। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमका अनुसार, अदालतले यो आदेशलाई राष्ट्रपतिको शक्तिको दुरुपयोग भन्दै अस्थायी रूपमा निषेध गरेको हो।

ट्रम्पले ओरेगनमा अशान्ति रोक्न भन्दै गार्ड पठाउने आदेश दिएका थिए। तर अदालतले त्यो निर्णय असंवैधानिक हुन सक्ने ठहर गर्दै रोक लगाएको हो।

यसअघि ट्रम्पले लस एन्जलसमा पनि हजारौँ नेसनल गार्ड पठाएका थिए, जसलाई पछि अदालतले घरेलु कानून प्रवर्तनका लागि अवैध प्रयोग ठहर गरेको थियो।