२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मनसुनी विपद्ः देशभर ४८ जनाको मृत्यु, ६ बेपत्ता

मनसुनी विपद्ः देशभर ४८ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ- पछिल्ला मनसुनी वर्षासँगै देशभर विभिन्न विपद्मा परी ४८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलाममा मात्रै ३७ जनाको ज्यान गएको छ।

प्रवक्ता शान्ति महतका अनुसार पहिरोबाट ३९, बाढीबाट ६, चट्याङबाट २ र अविरल वर्षाले १ जनाको मृत्यु भएको हो। बाढी–पहिरो र चट्याङका घटनामा हालसम्म ६ जना बेपत्ता छन् – जसमा रसुवामा ४, इलाममा २ जना परेका छन्।

त्यसैगरी देशभर २८ जना घाइते भएका छन्। इलाममा १०, पाँचथरमा २, ललितपुरमा २, भोजपुर र खोटाङमा ३–३ जना, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बारामा १–१ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार हालसम्म १८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।