२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कमा सिन्धु समाजद्वारा ‘सिन्धु दीपावली साँझ २०२५’ तथा १५औं वार्षिकोत्सवको भव्य आयोजना हुने

न्यूयोर्कमा सिन्धु समाजद्वारा ‘सिन्धु दीपावली साँझ २०२५’ तथा १५औं वार्षिकोत्सवको भव्य आयोजना हुने

न्यूयोर्क- सिन्धु युएसए वेलफेयर सोसाइटीको आयोजनामा ‘सिन्धु दीपावली साँझ २०२५’ तथा सोसाइटीको १५औं वार्षिकोत्सव भव्य रूपमा आगामी अक्टोबर १८ गते, शनिबारका दिन गुलशन टेरस हल, वुडसाइड, न्यूयोर्कमा आयोजना हुने भएको छ।

‘जीवनका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमलाई सोसाइटीले आफ्नो वार्षिक प्रमुख सांस्कृतिक तथा सामाजिक कार्यक्रमका रूपमा मनाउँदै आएको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दीपावली साँझलाई विशेष पर्व र सामुदायिक उत्सवका रूपमा भव्य रूपमा मनाइने तयारी भइरहेको आयोजकले जनाएको छ।

सिन्धु समाजले विगत लामो समयदेखि नेपालस्थित सिन्धुपाल्चोकमा रहेका अनाथ तथा असहाय बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ। सो अभियानलाई अझ प्रभावकारी बनाउनका लागि सहयोगी मन र पवित्र हातले हातेमालो गरिदिन सम्पूर्ण शुभेच्छुक, दाताहरू र समुदायका सदस्यहरूलाई आयोजकले आग्रह गरेको छ।

सिन्धु युएसए वेलफेयर सोसाइटीका उपाध्यक्ष लकेश श्रेष्ठका अनुसार, “यो कार्यक्रमले समाजको शैक्षिक र सामाजिक उद्देश्यलाई सुदृढ पार्ने उद्देश्य राखेको छ। हरेक वर्षजस्तै यसपटक पनि हामीले दीपावली साँझलाई अझ आकर्षक, सांगीतिक र मनोरञ्जनात्मक बनाउने तयारी गरेका छौँ,” उनले बताए।

कार्यक्रमलाई रोचक, आकर्षक र सफल बनाउनका लागि सर्वसाधारण, समाजसेवी, कलाकार र समुदायका सदस्यहरूलाई उत्साहजनक सहभागिताका लागि आह्वान गरिएको छ।

https://www.facebook.com/share/r/17QbcRhyxp/?mibextid=wwXIfr

-मिति: अक्टोबर १८, २०२५ (शनिबार)
– समय: बेलुका ७:०० बजेदेखि
-स्थान: गुलशन टेरस, ५९-१५, ३७औं एभिन्यु, वुडसाइड, न्यूयोर्क ११३७७
-सम्पर्क: +१ (९२९) ४५१-८४७५ , +१ (२१२) ६०३-९२४८ , +१ (३४७) २३३-७५५५

सिन्धु समाजले यस कार्यक्रममार्फत नेपाली समुदायबीच एकता, संस्कृतिको संरक्षण र सामाजिक उत्तरदायित्वप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ।

https://www.facebook.com/reel/781949531292472