२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

संघीय न्यायाधीशद्वारा आईसीईलाई बिना वारेन्ट गिरफ्तारीमा रोक

संघीय न्यायाधीशद्वारा आईसीईलाई बिना वारेन्ट गिरफ्तारीमा रोक

न्युयोर्क- शिकागोस्थित संघीय अदालतका न्यायाधीश जेफ्री कमिङ्सले अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा निकाय आईसीईलाई वारेन्ट वा उचित कारणबिनै गिरफ्तारी नगर्न आदेश दिएका छन्।

सन् २०२२ को सहमति आदेशलाई फेब्रुअरी २०२६ सम्मका लागि बढाउँदै उनले आईसीईलाई हरेक महिनाको बिना वारेन्ट भएका गिरफ्तारीको विवरण सार्वजनिक गर्न पनि निर्देशन दिएका छन्।

यो फैसला एसीएलयू अफ इलिनोइस र आप्रवासी अधिकार समूहहरूले जनवरीमा २२ जना आप्रवासीको गिरफ्तारीविरुद्ध दायर गरेको मुद्दापछि आएको हो।

एसीएलयूकी उप–कानुनी निर्देशक मिशेल गार्सियाले संघीय निकायहरूलाई संविधान र कानुनको पालना गर्न बाध्य बनाएको भन्दै स्वागत गरेकी छन्।

यसबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराध नियन्त्रण र निर्वासन अभियानका लागि टेक्सास नेशनल गार्डका सैनिकहरूलाई इलिनोइसमा ६० दिनका लागि पठाएका छन्।

शिकागोका मेयर ब्रान्डन जोनसन र गभर्नर जे.बी. प्रिट्जकरले यो कदमविरुद्ध संघीय अदालतमा मुद्दा दायर गरेका छन्।