ढिस्कोमा च्यापिँदा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – छठ पर्वका लागि घर लिप्ने माटो खन्दै गर्दा पुरिँदा एक महिलाको मृत्यु भएको छ र दुई जना गम्भीर घाइते भएका छन्।
बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतिरको ढिस्कोमा आज बिहान उनीहरू माटो खन्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुने सिम्रौनगढ- ५ की ६५ वर्षीया शरदा देवी हुन्। गम्भीर घाइतेहरूको नाम भने अझै खुलेको छैन।
घटनामा अरु १० जना सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयातिर ल्याइँदै छ। घटना भएलगत्तै सशस्त्र प्रहरी र जनपथ प्रहरीले उद्धार गरेका थिए।