बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ आज बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै छन्।
उनको सचिवालयका अनुसार, घिसिङ त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर हुँदै इलाम पुग्नेछन्।
इलाम पुगेपछि उनले बाढी र पहिरोबाट प्रभावित स्थानीय क्षेत्रको अवस्था बुझ्ने र घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई भेट्ने कार्यक्रम छ।