ट्रम्पले भने – सीसँगको बैठक रद्द भएको छैन
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक आधिकारिक रूपमा रद्द नभएको स्पष्ट पारे।
ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्वमा नयाँ निर्यात नियन्त्रण ल्याएको अप्रत्याशित कदमप्रति आश्चर्य प्रकट गर्दै भने, “मैले बैठक रद्द गरेको छैन। पक्का छैन तर म त्यहाँ हुनेछु।”
उनले चीनको कदम ‘धेरै शत्रुतापूर्ण’ भने र अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी दिए। यदि चीनले प्रतिबन्ध फिर्ता लिन्छ भने अमेरिकाले थप करहरू फिर्ता लिन सक्ने बताए।
ट्रम्पले घोषणा गरे, नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा हालको करभन्दा माथि १०० प्रतिशत कर लाग्नेछ। महत्त्वपूर्ण सफ्टवेयरमा पनि निर्यात नियन्त्रण लागू हुनेछ।
उनले चीनको कदमलाई “अत्यन्त शत्रुतापूर्ण र अन्तर्राष्ट्रिय व्यापारमा अस्वीकार्य” भने र यसको असर सम्पूर्ण विश्वमा पर्ने चेतावनी दिए।