२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि शनिबार मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

उक्त अस्वस्थताका कारण जेनजी प्रतिनिधिहरूसँगको छलफल दुई दिनका लागि सारिएको थियो।