जेनजी प्रतिनिधिको आह्वानः चुनावमा भाग लिऔँ
- २५ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- जेनजी आन्दोलनका प्रतिनिधिहरुले सबै राजनीतिक दललाई आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आग्रह गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि उनीहरूले चुनाव लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण हिस्सा भएको भन्दै सबै दलले सहभागी हुनुपर्ने बताए।
प्रतिनिधि मिराज ढुङ्गानाले भने, “निर्वाचन जनताको अधिकार हो, जसले जनप्रतिनिधि छान्छ। सबै दल आउनुहोस्, निष्पक्ष प्रतिस्पर्धा होस्।”
उनीहरूले सरकारलाई सडक आन्दोलनमा योगदान दिनेहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्ने सुझाव पनि दिएका छन्।
यसअघि राष्ट्रपति पौडेलले चुनावका तयारीबारे दलका नेताहरूसँग छलफल गरेका थिए, जहाँ शान्ति, सुरक्षा र अनुकूल वातावरणमा चुनाव गर्नुपर्ने कुरा उठाइएको थियो।