२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

हराएको ३०३ राइफल दमकमा फेला

हराएको ३०३ राइफल दमकमा फेला

काठमाडौं- झापाको दमकमा हराएको ३०३ राइफल फेला परेको छ। दमक नगरपालिका५ मा रहेको धनेश्वर मन्दिरको गेटनजिक आज बिहान स्थानीयले बेवारिसे अवस्थामा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईको टोली घटनास्थल पुगेको र हतियार बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फेला परेको बन्दुक गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल नै भएको पुष्टि गरेका छन्।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बन्दुक कार्यालयमै राखिएको जनाएको छ।