२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

मिसिसिपीका विद्यालयका होमकमिङ कार्यक्रममा गोलीकाण्ड : ९ जनाको मृत्यु

मिसिसिपीका विद्यालयका होमकमिङ कार्यक्रममा गोलीकाण्ड : ९ जनाको मृत्यु

न्युयोर्क अमेरिकाको मिसिसिपी राज्यमा विद्यालयका होमकमिङ कार्यक्रमका क्रममा छुट्टाछुट्टै स्थानमा भएका गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन्।

राज्यको पश्चिमी भाग लिल्यान्ड शहरमा शुक्रबार राति हाईस्कूल फुटबल खेलपछि भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको काउन्टी कोरनर कार्यालयले जनाएको छ। करिब २० जना घाइते मध्ये चार जनाको अवस्था गम्भीर छ।

राज्यका सांसद डेरेक सिमन्सका अनुसार खेलपछि सहरको downtown क्षेत्रमा मानिसहरू जमिरहेका बेला अज्ञात व्यक्तिले गोली चलाएका थिए। उनले भने, “यो निरर्थक हिंसा हो, हामी हतियारको बढ्दो प्रयोगको गम्भीर परिणाम देखिरहेका छौं।”

यसैबीच, मिसिसिपी राज्यकै अल्कोर्न स्टेट युनिभर्सिटीमा शनिबार बेलुकी भएको अर्को गोलीकाण्डमा १ जनाको मृत्यु र दुई घाइते भएका छन्। उक्त घटना पनि विश्वविद्यालयको होमकमिङ हप्ताको बीचमा भएको हो।

त्यस्तै, राज्यको पूर्वी सहर हाइडलबर्गमा शुक्रबार राति भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना विद्यालय परिसरमै भएको र एक १८ वर्षीय युवकलाई खोजी भइरहेको बताइएको छ।

मिसिसिपीका गभर्नर टेट रिभ्सले सामाजिक सञ्जालमार्फत भने, “हामी पीडितहरू र तिनका परिवारका लागि प्रार्थना गर्छौं। अपराधीहरूलाई कानुनी दायरामा ल्याइनेछ।”

यसैबीच, मिसिसिपी डेल्टा क्षेत्रमा अर्को फुटबल खेलपछि भएको गोलीकाण्डमा २ जना पक्राउ परेका छन्।