२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्युयोर्कमा ‘देउसी भैलो २०२५’ सांस्कृतिक साँझ हुँदै

न्युयोर्कमा ‘देउसी भैलो २०२५’ सांस्कृतिक साँझ हुँदै

न्यूयोर्कनेपाली अमेरिकन कलाकार संघ (Nepali American Artist Association Inc.) ले तिहारको उल्लास मनाउने उद्देश्यले ‘Deusi Bhailo 2025’(देउसी भैलो २०२५) सांस्कृतिक साँझ आयोजना गर्ने भएको छ। यो कार्यक्रम अक्टोबर १९, २०२५ (आइतबार) का दिन जैक्सन हाइट्सस्थित White Hall, न्यूयोर्कमा हुने भएको छ।

आयोजकले जनाएको अनुसार कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरूसँगै अमेरिकामा बसोबास गर्ने चर्चित गायक, नृत्यांगना र कलाकारहरूले विशेष प्रस्तुति दिनेछन्।

कार्यक्रम बेलुकी ७ बजेबाट सुरु भएर राति २ बजेसम्म चल्नेछ। कार्यक्रमको होस्ट बिकी पुलामी रहनेछन् भने संघकी अध्यक्ष बसन्ती राईको विशेष संयोजनमा यो कार्यक्रम आयोजना हुँदैछ।

संघले न्यूयोर्क, लङ्ग आइल्याण्ड, न्युजर्सी र आसपासका क्षेत्रमा बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई तिहारको रमाइलो ‘देउसीभैलो’ सँगै मनाउन निमन्त्रणा गरेको छ।