२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

‘सिन्धु दीपावली साँझ २०२५’ का लागि त्रिवेणी टाइम्स आधिकारिक मिडिया पार्टनर

‘सिन्धु दीपावली साँझ २०२५’ का लागि त्रिवेणी टाइम्स आधिकारिक मिडिया पार्टनर

न्यूयोर्क- आगामी ‘सिन्धु दीपावली साँझ तथा १५औं वार्षिकोत्सव समारोह २०२५’ काे लागि त्रिवेणी टाइम्सले आधिकारिक मिडिया पार्टनर घोषणा गरिएको छ।

कार्यक्रमका मिडिया प्रतिनिधिको रूपमा बेगम पण्डित कार्यक्रमस्थलमा उपस्थित रहनेछन्। त्रिवेणी टाइम्सले सो समारोहको सम्पूर्ण सांस्कृतिक कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने।

‘जीवनका लागि शिक्षा (Education for Life)’ अभियानलाई अझ सशक्त बनाउन र नेपाली संस्कृति, कला तथा समुदायबीच आपसी सम्बन्ध मजबुत पार्ने उद्देश्यका साथ यो विशेष साँझ आयोजना गर्न लागिएको हो। आयोजकले सम्पूर्ण समुदाय, शुभेच्छुक र सहयोगी हातहरूलाई यस अभियानमा साथ दिई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेको छ।