एक सय जनामा क्षयरोग सङ्क्रमण
- ३१ अशोज २०८२
- १ मिनेटको पढाई
काठमाडौं – ओखलढुङ्गामा अहिले सम्म १०० जनामा क्षयरोग सङ्क्रमण पाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २०८१/८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो। चालु वर्षमा ३ पुरुष र २ महिलामा नयाँ सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी सङ्क्रमण सिद्धिचरण नगरपालिकामा देखिएको थियो, ४० जना। त्यसबाहेक चिश्खुगढीमा १, सुनकोशीमा १५, खिजीदेम्बा १४, मानेभञ्ज्याङ १३, चम्पादेवी ६, लिखु ४ र मोलुङमा २ जना संक्रमित भेटिएका छन्।
चालु वर्षमा खिजीदेम्बा र चम्पादेवीमा दुई–दुई जना र सुनकोशीमा १ जना नयाँ संक्रमित देखिएका छन्। क्षयरोगका लक्षणहरूमा रुघाखोकी, खकारमा रगत, साँझपख ज्वरो, राति धेरै पसिना, तौल घट्नु र खाना मन नलाग्नु पर्छ। यस्तो लक्षण देखिए स्वास्थ्य संस्थामा तुरुन्त जाँच गराउन र उपचार लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
पछिल्लो समय स्वास्थ्य कार्यालयले समुदायस्तरमा सचेतना कार्यक्रम चलाइरहेको छ र सबै स्थानीय तहसँग समन्वय गर्दै जाँच र उपचार सेवा बढाउने काम भइरहेको छ।