चितवनमा सातवटा गाडी ठोक्किँदा २१ जना घाइते
- ०१ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौं – गाइघाटमा सातवटा सवारीसाधन आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। दुर्घटना आज बिहान करिब साढे सात बजे भएको हो।
प्रहरीका अनुसार घाइतेहरूलाई चितवन मेडिकल कलेज, जनता केयर र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ।
मुग्लिङतर्फबाट आउँदै गरेको ट्रक र नारायणगढतर्फ जाँदै गरेको बस ठोक्किएपछि पछाडि आइरहेका अन्य गाडीहरू पनि एकपछि अर्को ठोक्किएका हुन्। तीमध्ये ट्रक, दुईवटा बस, एक टेलर, एक इलेक्टिक माइक्रो, एउटा बलेरो र एउटा कार परेका छन्।
घाइतेमध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जना जनता केयर अस्पतालमा छन्। घटनाबारे थप विवरण आउँदै छ।