२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

न्युयोर्क- अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगारत्नमसँग भेट गरेका छन्।

खनाल अहिले विश्व बैंक समूहको वार्षिक बैठकका लागि वासिङ्टन डिसीमा छन्। त्यही कार्यक्रममा साइडमा भएको भेटमा उनले राष्ट्रपतिसँग नेपालका राजनीतिक परिवर्तन र आर्थिक प्राथमिकताबारे कुरा गरेका छन्।

राष्ट्रपति थरमनले भने, “छिटो आर्थिक विकास गर्न पाँच कुरा धेरै जरुरी छन् – मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापन।”

खनालले अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का उपाध्यक्ष एलेन फरलेमुससँग पनि भेट गरेका छन्। त्यो भेटमा निजी क्षेत्रको विकास र नेपाल–IFC बीचको सहकार्यबारे छलफल भएको थियो।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र दूतावासका अधिकारीहरू पनि सँगै थिए।