काठमाडौँमा दुई महिनासम्म भेला र प्रदर्शनमा रोक
- ०१ कार्तिक २०८२
- १ मिनेटको पढाई
काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले काठमाडौँका विभिन्न ठाउँमा दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता कार्यक्रम गर्न रोक लगाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै पाँच जनाभन्दा बढी भेला हुन नपाइने बताए। उनका अनुसार यस्ता भिडभाडमा तोडफोड, आगजनी वा झगडा हुने सम्भावना भएकाले यस्तो निर्णय गरिएको हो।
यो निर्णय आजदेखि लागू हुनेछ र शीतल निवास, सिंहदरबार, बालुवाटार, लैनचौर, नारायणहिटी दरबार क्षेत्र लगायतका ठाउँमा लागू हुनेछ।
अर्थात् यी क्षेत्र वरपर दुई महिनासम्म कुनै पनि धर्ना, जुलुस वा विरोध प्रदर्शन गर्न पाइने छैन।