२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अपहरण र शरीर बन्धक राख्ने आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंह हुन्। उनीहरूले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्याएर नेपाल ल्याइ बन्धक बनाएका थिए र अष्ट्रेलिया पठाउने भनेर २० लाख रूपैयाँ फिरौती मागेका थिए।

प्रहरीका अनुसार दुवैलाई सुन्धाराको होटल न्यू जोमसोम, कोठा नं ६ मा बन्धक बनाएको सूचनामा पक्राउ गरिएको हो। उनीहरूसँग विभिन्न कम्पनीका चार वटा मोबाइल समेत बरामद भएको छ।

जिल्ला अदालत काठमाडौँले सात दिनको म्याद थप गर्दै अनुसन्धान जारी राखेको छ।