२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

गाजामा आक्रमण भए पनि युद्धविराम कायम : ट्रम्प

गाजामा आक्रमण भए पनि युद्धविराम कायम : ट्रम्प

गाजा सिटी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् रहेको बताएका छन्।

इजरायलले हमासमाथि युद्धविराम तोडेको आरोप लगाउँदै दक्षिण गाजामा दर्जनौँ हवाई हमला गरेको थियो, जसमा कम्तीमा ४५ जनाको ज्यान गएको गाजाको स्वास्थ्य निकायले जनाएको छ।

ट्रम्पले भने, “युद्धविराम अझै लागू छ। केही विद्रोही समूहले आक्रमण गरेको हो, हमासले होइन।” उनले आवश्यक परे कडा तर न्यायपूर्ण कदम चालिने बताए।

हमासले इजरायलले युद्ध पुनः सुरु गर्न खोजेको आरोप लगाएको छ भने इजरायली सेनाले आफूहरू युद्धविरामको पालना गरिरहेको दाबी गरेको छ।

यसबीच, गाजामा राहत सामग्री अस्थायी रूपमा रोकिँदा मानवीय संकट थपिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धमा गाजामा ६८ हजारभन्दा बढी मानिस मारिएका छन्।