२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

विपिन जोशीको पार्थिव शरीर कञ्चनपुर लगियो

विपिन जोशीको पार्थिव शरीर कञ्चनपुर लगियो

काठमाडौं इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको पार्थिव शरीर आज कञ्चनपुर लगिएको छ।

जोशीको शव दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो। अन्तरिम सरकारकी प्रमुख सुशीला कार्कीसहित मन्त्री र अधिकारीहरू विमानस्थलमा उपस्थित भएर श्रद्धाञ्जली दिएका थिए। त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत शव कञ्चनपुर पठाइएको हो। परिवारजनले त्यहीँ अन्त्येष्टि गर्ने तयारी गरेका छन्।

कञ्चनपुरका जोशी अध्ययनका लागि इजरायल गएका थिए। गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनेका थिए। लामो समयसम्म बेपत्ता रहेपछि गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।

हालै इजरायलहमासबीच भएको युद्धविरामपछि बन्दी साटासाट प्रक्रियामा हमासले विपिनको शव फिर्ता गरेको थियो।