२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

ट्रम्पको एसिया यात्रा : मलेसिया, जापान र दक्षिण कोरियाको भ्रमणकाे घोषणा

ट्रम्पको एसिया यात्रा : मलेसिया, जापान र दक्षिण कोरियाको भ्रमणकाे घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा मलेसिया, जापान र दक्षिण कोरिया भ्रमण गर्ने बताएका छन्। उनले चीनसँग पनि “उत्तम व्यापारिक सम्झौता” हुने विश्वास व्यक्त गरेका छन्।

ह्वाइट हाउसमामा अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजसँगको भेटमा ट्रम्पले भने, “मलाई राष्ट्रपति सीसँगको सम्बन्ध मनपर्छ, र हामी दुबै देशका लागि न्यायसंगत सम्झौता गर्न खोज्दैछौं।”

ट्रम्पको आगामी एसियाली यात्रा अक्टोबरको अन्त्यतिर हुने बताइएको छ। जापान भ्रमणका क्रममा उनले सम्राट नरुहितो र नव–निर्वाचित प्रधानमन्त्री साने ताकाइचीसँग भेट गर्नेछन्।

स्रोतका अनुसार उनले जापानमा अमेरिकामा लगानी बढाउन र इन्डो–प्यासिफिक सुरक्षामा जापानको भूमिका विस्तार गर्न आग्रह गर्ने तयारी गरेका छन्।

मलेसियामा उनी दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछन्, र त्यसपछि दक्षिण कोरिया पुग्नेछन्।

ट्रम्पले चीनसँगको आगामी भेटबारे आशावादी हुँदै भने, “यो दुवै देश र विश्वका लागि उत्कृष्ट सम्झौता हुनेछ।”

यो उनको दोस्रो कार्यकालपछि पहिलो एसियाली यात्रा हुनेछ।