२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

शान्तिको पक्षमा ट्रम्पः युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस दुबैलाई युद्ध रोक्न आग्रह गरेका छन्। उनले हालको अवस्थाबाट शान्तिपूर्ण समाधान खोज्नु नै उत्तम विकल्प हुने बताएका छन्।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग ह्वाइट हाउसमा भेटपछि ट्रम्पले भने, “पहिले म युक्रेनले गुमाएको भूभाग फिर्ता लिन सक्छ भन्नेमा आशावादी थिएँ, तर पुटिन र जेलान्स्कीसँगको भेटपछि परिस्थिति फरक देखिएको छ।”

ट्रम्पले युद्ध जित्ने सम्भावना अझै भए पनि त्यसमा विश्वास गर्न गाह्रो भएको बताउँदै तत्काल युद्ध रोक्न दुवै पक्षलाई आग्रह गरे।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलान्स्कीले ट्रम्पसँगको भेटलाई सकारात्मक भनेका छन्। उनले रूसले डोनेत्स्क र लुहान्स्क क्षेत्र युक्रेनलाई फिर्ता दिनुपर्ने माग दोहोर्याएका छन्।

जेलान्स्कीले पुटिनसँग हुन लागेको आगामी वार्तालाई शान्तिपूर्ण समाधानतर्फको संकेतका रूपमा लिएका छन्। साथै, अमेरिकाबाट प्याट्रियट हवाई रक्षा प्रणालीका विषयमा पनि छलफल भइरहेको बताएका छन्।