२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

निर्वाचनका लागि राजनीतिक सहमति बनाउन प्रधानमन्त्री कार्कीको पहल

निर्वाचनका लागि राजनीतिक सहमति बनाउन प्रधानमन्त्री कार्कीको पहल

काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक माहोल बनाउन नेताहरूसँग छलफल गरेकी छन्।

बालुवाटारमा भएको बैठकमा विघटित संसद्मा रहेका मुख्य राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए। प्रधानमन्त्रीसँगै अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ, कृषि मन्त्री डा. मदन परियार, सञ्चार मन्त्री जगदीश खरेल र प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित थिए।

छलफलमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपाबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी भएका थिए।

बैठकमा निर्वाचनको तयारी, सुरक्षाको स्थिति र राजनीतिक सहमतिको वातावरणबारे छलफल भएको स्रोतले जनाएको छ।