२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एकै पेट्रोल पम्पबाट तीनवटा करोडौंको पावरबल टिकट बिक्री

एकै पेट्रोल पम्पबाट तीनवटा करोडौंको पावरबल टिकट बिक्री

न्यूयोर्क- न्यूयोर्कको योनकर्सस्थित एकै पेट्रोल पम्पबाट तीनवटा एक–एक मिलियन डलर पुरस्कार पर्ने पावरबल टिकट बिक्री भएका छन्।

न्यूयोर्क लटरीका अनुसार ती तीनवटै दोस्रो पुरस्कारका टिकट V & C Taneja नामक कनभिनियन्स स्टोरबाट बिक्री भएका हुन्। यो स्टोर BP स्टेशन, 600 Nepperhan Avenue मा अवस्थित छ।

लटरी विशेषज्ञहरूका अनुसार पावरबलको मुख्य ज्याकपोट जित्ने सम्भावना १ मा २९२.२ मिलियन हुन्छ। एउटै ठाउँबाट एउटै ड्रअका तीनवटा दोस्रो पुरस्कार टिकट बिक्री हुनु झनै दुर्लभ मानिन्छ।

स्टोरका प्रबन्धकले भनेका छन्, “हामीलाई थाहा छैन को को विजेता हुन्, तर उनीहरूका लागि खुसी छौं। हामीलाई पुरस्कार नआए पनि गर्व महसुस भएको छ।”

अबको पावरबल ड्रअ बुधबार राति हुँदैछ, जसको अनुमानित ज्याकपोट ३२० मिलियन डलर (झण्डै ४३ अर्ब रुपैयाँ) पुगेको छ।