न्यूयोर्कको रेल स्टेशनमा फालिएको शिशुकी आमा पक्राउ
- ०६ कार्तिक २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कको पेन स्टेशनमा फालिएको नवजात शिशुको मामलामा खोजीमा रहेकी एक महिला पक्राउ परेकी छन्।
पुलिसका अनुसार पक्राउ परेकी ३० वर्षीया महिलाशिशुकी आमा भएको विश्वास गरिएको छ। उनी क्वीन्समा बस्ने र त्यहीँबाट पक्राउ परेकी हुन्। उनलाईशिशु परित्याग र शिशुको जीवन जोखिममा पारेको आरोपमा मुद्दा दायर गरिएको छ।
अभियोजन अघि अधिकारीहरूले मंगलबारसीसीटीभीमा खिचिएको एक महिलाको फोटो सार्वजनिक गरेका थिए, जसमा ती महिला शिशु बोकेकी देखिन्थिन्। शिशु सोमबार बिहान १० बजे तिरनं. १ ट्रेनको दक्षिणमुखी प्लेटफर्ममा फेला परेकी थिइन्। उनी ब्ल्याङ्केटमा बेरिएकी थिइन् रनाभिनाल पनि जोडिएको अवस्थामा भेटिएकी थिइन्। अस्पतालमा परीक्षणपछि उनी स्वस्थ रहेको जनाइएको छ।
न्यूयोर्क राज्यको सेफ हेभन कानून अनुसार, अभिभावकले ३० दिनभन्दा कम उमेरको नवजात शिशुलाई सुरक्षित स्थानमा – जस्तै अस्पताल, प्रहरी चौकी वा दमकल कार्यालयमा – सुरक्षित रूपमा राखेमा कानुनी कारबाही नहुने प्रावधान छ।
तर, यस घटनामा शिशुसार्वजनिक सबवे प्लेटफर्ममा फालिएको हुनाले आमा कानुनी समस्यामा परेकी हुन्। पुलिसले थप अनुसन्धान भइरहेको जनाएको छ।