२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कमा शरण नीति विवाद: स्थानीय बासिन्दा असन्तुष्ट, अपराध बढेको गुनासो

न्यूयोर्कमा शरण नीति विवाद: स्थानीय बासिन्दा असन्तुष्ट, अपराध बढेको गुनासो

न्यूयोर्क सिटीको मेयर चुनाव नजिकिँदै गर्दा, डेमोक्रेटिक सोशलिस्ट र उम्मेदवार ज़ोहरान ममदानी को सम्भावित जितसँगै, स्थानीय बासिन्दाहरूले शरण नीति (Sanctuary Policy) र आप्रवासीहरूको असरबारे आफ्नो चिन्ता सार्वजनिक गर्दैछन्।

अमेरिकाको The American Border Story (TABS) ले प्रकाशित गरेको अनुसन्धानात्मक भिडियोमा, न्यूयोर्कका बासिन्दाहरूले शरण नीति र आप्रवासी आश्रय केन्द्रहरूले स्थानीय अपराध र ग्याङ गतिविधि बढाएको बताए।

स्थानीय आयोजक र डेमोक्रेट रिनी कोलीमोरले भनिन्, “यो मेरो जीवनकै सबैभन्दा खराब सिटी काउन्सिल हो। यहाँ प्रगतिशील, बायाँपन्थी, समाजवादी काउन्सिल छ। जब एकपक्षीय काउन्सिल हुन्छ, काम गर्न सकिँदैन।” उनले थपिन् कि शरण नीति लागू भएपछि यौन तस्करी, त्रिपल हत्या, र सडकमा भयनक ग्याङ गतिविधि बढेको छ।

एक स्थानीयले भने,”शरण नीति कागजमा राम्रो देखिन सक्छ, तर व्यवहारमा काम गर्दैन। कर्मचारीहरू राति घर फर्किन डराउँछन्, ग्राहकहरू बाहिर जान डराउँछन्, र ग्याङहरू सडकमा छन्।”

स्वतन्त्र पत्रकार लिरोई जोन्सले भने,”धेरै आप्रवासी जीवन सुधारको खोजीमा आएका हुन्, तर केही पूर्वदेखि नै समस्या सिर्जना गर्ने योजनामा थिए। स्थानीय ग्याङहरूले तिनीहरूलाई तुरुन्त भड्काउँछन्। परिणामस्वरूप, अपराध तीव्र रूपमा बढेको छ।”

यसैबीच, न्यूयोर्क सिटीले केही आप्रवासी आश्रय केन्द्र बन्द गरिसकेको छ, जसमा चर्चित रुसभेल्ट होटल पनि छ, जुन विदेशी आतंककारी समूह Tren de Aragua सँग सम्बन्धित ग्याङ अपराधको केन्द्र बनिसकेको थियो।

ममदानीले वाचा गरेका छन् कि मेयर भएमा ICE एजेन्टहरूको डरको नीति रोक्ने र शहरका छिमेकीहरूको निकासी रोक्ने छन्।

न्यूयोर्क मेयर चुनाव नोभेम्बर ४ मा हुने छ, ममदानी हाल डबल डिजिट अग्रता लिएर अघि छन्।