२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आज शितलनिवासमा बहिनी शारदा पण्डित र चन्दा ओझाबाट शुभसाइतमा तिहारको टीका लगाउनुभयो।

राष्ट्रपति सचिवालयका अनुसार, टीका लगाउने उत्तम साइत बिहान ११:३९ तय गरिएको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिनभर टीका लगाउन सकिने पनि बताएको छ।

यमपञ्चकको अन्तिम दिन, परम्पराअनुसार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउँछन्।