२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

न्यूयोर्कमा मेयर चुनाव : प्रारम्भिक मतदान सुरू, दक्षिण एसियाली र नेपाली समुदायलाई सक्रिय सहभागी हुन आग्रह

न्यूयोर्कमा मेयर चुनाव : प्रारम्भिक मतदान सुरू, दक्षिण एसियाली र नेपाली समुदायलाई सक्रिय सहभागी हुन आग्रह

न्यूयोर्क – मेयर चुनावको प्रारम्भिक मतदान सुरु भएको छ। पाँचै बरोमा मतदाता लाइनमा उभिँदै चुनावी प्रक्रियामा सहभागिता जनाउँदैछन्। विशेष गरी न्यूयोर्कमा बसोबास गर्ने दक्षिण एसियाली तथा नेपाली–अमेरिकी समुदायलाई यसपटकको चुनावमा सक्रिय रूपमा मत खसाल्न आग्रह गरिएको छ।

यस वर्षको मेयर चुनावमा आप्रवासी समुदायको भूमिकालाई अत्यन्त निर्णायक मानिएको छ। प्रारम्भिक मतदानले समय र सुविधा अनुसार मतदान गर्न पाउने भएकाले मतदान प्रतिशत बढ्ने अपेक्षा राखिएको छ।

मेयरका लागि उम्मेदवार रहेका पूर्व गभर्नर एण्ड्र्यु क्योमोलाई समर्थन गर्दै केही समुदाय नेताहरूले उनले आप्रवासीमैत्री नीति तथा बहुसांस्कृतिक समुदायसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्।

एक समुदाय अगुवाले भने, “क्योमोले सधैं दक्षिण एसियाली समुदायसँग सहकार्य गरेका छन्। हाम्रो मिहिनेत, परिवार र अवसरप्रतिको मूल्यलाई उनले बुझ्छन्।”

नेपाली, भारतीय, बंगाली, पाकिस्तानी, भुटानी र श्रीलंकाली समुदायलाई सक्रिय रूपमा मतदानमा सहभागी हुन आह्वान गरिएको छ।

चुनाव नजिकिँदै जाँदा आप्रवासी समुदायको सशक्त सहभागिताले शहरको भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्नेछ।

बेगम पण्डित, न्यूयोर्क