२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

गोरखामा हिमपात, मनास्लु घुम्न गएकाहरू बाटोमै रोकिए

गोरखामा हिमपात, मनास्लु घुम्न गएकाहरू बाटोमै रोकिए

काठमाडौं – उत्तरी गोरखामा गएरातिदेखि हिउँ परेपछि मनास्लु क्षेत्रमा पुगेका पर्यटकको यात्रा प्रभावित भएको छ। चुमनुब्री गाउँपालिकाका निले, छुले, पाङ्दुनदेखि सामागाउँ–साम्दोसम्मका बस्ती हिउँले सेतै बनेका छन्।

स्थानीक पासाङफुञ्जो लामा भन्छन्, “हिउँ परिरहेकै छ। मान्छे सबै घरभित्रै, चौँरी पनि गोठैभित्र।”

तीन हजार मिटरभन्दा माथिका गाउँमा बाक्लो हिउँ परेपछि लार्के पास तिर पुगेका धेरै पर्यटक सामागाउँ–साम्दोमै रोकिएका छन्।

चिसो बढेसँगै जनजीवन पनि प्रभावित बनेको स्थानीयले बताएका छन्।