२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ट्रम्पले गरे चिनियाँ राष्ट्रपति सीलाई ‘प्रतिभाशाली’भन्दै प्रशंसा

ट्रम्पले गरे चिनियाँ राष्ट्रपति सीलाई ‘प्रतिभाशाली’भन्दै प्रशंसा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दक्षिण कोरिया भ्रमणअघि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उत्कृष्ट र प्रतिभाशाली व्यक्ति भनेर प्रशंसा गर्नुभएको छ। सन् २०१९ पछि उनीहरूको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “उहाँ एक अर्ब ४० करोड जनतालाई चलाउनुहुन्छ—स्मार्ट, प्रतिभाशाली, असाधारण व्यक्ति।”

विश्लेषकहरूका अनुसार, यस प्रशंसाले वासिङ्टनको चीनप्रतिको दृष्टिकोणमा केही नरमीको संकेत दिएको हो। भेटवार्ताको मुख्य एजेन्डा व्यापार सम्झौता रहने बताइएको छ।

पूर्व राष्ट्रपति ओबामाका चीन सल्लाहकार रायन हासका अनुसार, अमेरिकी नोकरशाही अझै बेइजिङप्रतिको दबाबमा केन्द्रित छ। तर स्टिम्सन सेन्टरकी विश्लेषक युन सनका अनुसार, चीन ट्रम्पलाई व्यावहारिक सम्झौताका लागि सक्षम ठान्छ।

अमेरिका–चीन वार्तामा ताइवानसम्बन्धी विषय र हतियार बिक्री पनि संवेदनशील मुद्दा रहने देखिन्छ।