मुस्ताङमा कात्तिकमै हिमपात : किसान र पर्यटन व्यवसायी उत्साहित
- ११ कार्तिक २०८२
- १ मिनेटको पढाई
मुस्ताङ- जलवायु परिवर्तनका कारण तीन वर्षसम्म राम्ररी हिउँ नपरेको मुस्ताङमा यस वर्ष कात्तिकमै हिमपात भएको छ। मुक्तिनाथ र उच्चलेक क्षेत्रमा बिहानदेखि निरन्तर हिउँ परिरहेको छ।
हिउँले कृषि, पर्यटन र पशुपालनमा सकारात्मक असर पुर्याएको छ। स्याउ, उवा, फापर, जौ र मकैलगाँठा जस्ता अन्नबालीलाई सिँचाइ र जमिनको भित्री तह ‘रिचार्ज’ गर्ने भएकाले किसान उत्साहित छन्। उच्चलेक चरन क्षेत्रमा पर्याप्त घाँस पल्दा पशुपालक र वन्यजन्तु दुबैलाई लाभ भएको भेटेनरी प्रमुख डा. लालमणि अर्यालले जानकारी दिए।
पर्यटन व्यवसायीहरूले पनि खुशी व्यक्त गरेका छन्। होटल सञ्चालक सुरज गुरुङका अनुसार पर्याप्त हिमपात भए राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिन्छ। युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले भने, “हिउँले पर्यटकलाई आकर्षित गर्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ।”
साथै, सडक र पदमार्गमा जमेको हिमपातले यात्रा अवरुद्ध बनाएको भए पनि प्रशासनले सुरक्षित यात्रा सम्बन्धी चेतावनी जारी गरेको छ।